ठूलालाई चैन र सानालाई ऐन नहुने : अर्थ मन्त्री युवराज खतिवडा

0 698

काठमाडौ – ठूलालाई चैन र सानालाई ऐन नहुने , ठूलालाई पनि ऐन र सानालाई पनि ऐन हुने अर्थ मन्त्री युवराज खतिवडाले बताएका छन् । नेपाल खुद्रा ब्याबार संघको ४० औ साधरण सभालाई सम्बोधन गर्दै अर्थ मन्त्री युवराज खतिवडाले उक्त कुरा बताएका हुन् । साना खुद्रा व्यापारीकोहरुको समस्यालाई सरकारले नजिकबाट नियाली रहेको र यसको समाधानको निम्ति सरकार लागिपर्ने पनि अर्थ मन्त्री खतिवडाले बताएका छन् ।

उक्त कार्यक्रममा संस्थाको अध्यक्ष राजकुमार श्रेष्ठले बिगत देखि नै खुद्रा व्यापारीहरुले उपभोक्ताहरुलाई सेवा सुविधा दिदै आएको र यो बर्ष पनि उपभोग्य वस्तुहरु सुपथ मुल्यमा विक्री वितरण गर्नु आग्रह गर्दै अहिले बजारमा ब्यापारीहरुको शंख्या वृद्धि भए संगै प्रतिस्पर्धा पनि बढेकोले साना ब्यापारीहरु यो क्षेत्र बाट पलायन हुने अवस्ता आएको कारण देशको परिस्थिति, उपभोक्ताको चाहना र सरकारको ऐन नियमलाई ध्यानमा राखेर मात्रै ब्यापार व्यवसायमा लाग्नु अनुरोध समेत गरेका छन् । ब्यापार संघले आगामी दिनहरुमा ब्यापारीहरुको हक हितको लागि नयाँ- नयाँ रणनीति बनाउदै अगाडि बढ्ने पनि अध्यक्ष श्रेष्ठले बताएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष, विभिन्न बौद्धिक वर्ग लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।

बाँकी भिडियोमा हेर्नुहोला

Loading...