सचिव सरुवा पछि प्रदेश २ को सरकारको आपत्ति

केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी

0 1,031

काठमाडौ ८ असार- प्रदेश सरकार संग समन्वय नै नगरी केन्द्र सरकारले सचिव सरुवा गरेपछि प्रदेश २ को सरकारले आपत्ति जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले केन्द्रलाई पत्र नै लेखेर आइन्दा यस्तो नगर्न चेतावनी समेत दिएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश सरकारका सचिवहरुको सरुवा गरेको छ । प्रदेश सरकारसँग समन्वय नै नगरी आन्तरिक मामिला र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएको प्रदेश सरकारका एक मन्त्रीले जानकारी दिए ।

यस्तै आन्तरिक मामिला सचिवलाई प्रदेश २ कै सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ । प्रदेश सरकारले प्रहरी ऐनको विधेयक पास गरेलगतै सचिवको सरुवा गरेको भन्दै आन्तरिक मामिलामन्त्रीले असन्तुष्टि जनाएका छन् ।

Loading...