एनआरएनए युकेमा पुन मतगर्णना गरि पाउ भनि शेर्पाको निवेदन
लन्डन – एनआरएनए युके महासचिब उम्मेरदवार कर्मा पहाडी शेर्पाले पुन मतगर्णना गरि पाउ भनि निबेदन दिदै शनिवार भएको एनआरएन युकेको निर्वाचन सम्बन्धमा भएका सहमति कार्यान्वयन गर्न पनि माग गरेका छन् |
मतगणनाको क्रममा आफ्नो मत प्रत्येक टेबलमा देखिएको मतगणनाको विवरण र निर्बाचन समितिले सार्बजनिक गरेकोमतगणना विवरण फरक पर्न गएको हुनेले, शेर्पाले प्रत्येक बुथको टेबल टेबलको गणनाको कागजत तथा सामग्री उपलब्ध गरि दिन निबेदन दिएका छन् |
आफुहरु संग भएको सहमति एकाएक तोडेर एक समूहका गणक बेगर जबरजस्ति मतपेटिका फोडेर निष्पक्ष रहनु पर्नेमा केन्द्रिय प्रतिनिधि भनिएका मान्छेले नै एकतर्फी रुपमा मतगणना शुरु गर्नु समाज बिखन्डन तिर लैजान र सत्य पारक संदेश दिन नचाहेको शेर्पाले बताए,
“तर अहिले निर्वाचन प्रमुखले माफी मागिसकेको अवस्थामा आफुहरु संग गरेको सम्झौता र सहमति अनुसार बेजिंगस्टोकको मत अन्तिमसम्म नगन्ने, मतगणना बेजिंगस्टोक सम्म आइपुग्दा त्यो बुथमा खसेको कुल मत ५१५ भन्दा बढीको अन्तरले हारजित भए नतिजा जो सुकैको पक्षमा आएपनि घोषणा गर्ने, यदि पाँच सय पन्ध्र मत भन्दा कमको अन्तरले हारजित भए
बेजिंगस्टोकमा पुन: चुनाव गराउने भनि गरिएको सहमतिलाई पुन: व्युँताईयोस् र मत गणनाको प्रक्रियालाई अगाडि बढाइयोस भनि माग गरे |
निर्वाचन समितिका संयोजक लगायत विभिन्न व्यक्तिहरु आफ्नो स्वार्थका लागि, र बेलायतवाटै केन्द्रिय अध्यक्ष पदका लागि उम्मेदवार भैरहेको सन्दर्भमा को-कसको निर्देशनमा ग्लोबल कन्फ्रेन्समा जान नदिन बेलायतलाई सस्पेन्ड गर्ने षडयन्त्र गर्दै छन् , यो सानोतिनो खेल हैन जस्तो बुझिंदै छ,” शेर्पाले भनेका छन् |
