सरकार होइन, डा. केसीको शैली अधिनायकवादी

गृह मन्त्री रामबहादुर थापा बादलको भनाई

0 655

काठमाडौ – जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको बताए गृह मन्त्री रामबहादुर थापा बादलले बताएका छन् । अहिले निर्वाचित सरकार आएको छ, सदन गठन भएको छ भने ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ । कि तपाईले सडकमा अनसन बसेर हल गर्ने ? भन्दै संसदमा गृह मन्त्री रामबहादुर थापा बादलले सांसदहरुलाई जवाफ दिएका थिए ।

गृह मन्त्री रामबहादुर थापा बादलले अगाडि थपे “जनप्रतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने ? कुन लोकतान्त्रिक तरिका हो ? समस्याको समाधान सदनबाट गर्नुपर्ने भन्दै उनले भने, ‘अब विधेयक आउँदैछ, कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो । सडकमा कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक होइन, अधिनायकवादी तरिका हो ।”

सरकारले छिट्टै विधेयक ल्याउनुपर्ने डा. केसीले अनसन बस्न हतारो गरेको बताए । उनले भने, ‘अहिले पनि केही बिगि्रएको छैन । यसलाई अधिनायकवादी होइन, लोकतान्त्रिक तरिकाले हल गरौं । अल्पमतले होइन, बहुमतले निर्णय गरौं ।’ कोही पनि कानुन माथि हुन नसक्ने र कानुनमाथि हुन खोज्ने नै तानाशाह भएको रामबहादुर थापा बादलले बताए ।

Loading...