कैलाली १९ असार – कैलालीको टीकापुर अस्पतालमा मंगलबार बिहान चार हात चार खुट्टा र दुई मेरुदण्ड भएको शिशुको जन्म भएको छ । टीकापुर अस्पताल नजिकै रहेको कमैया शिविरकी २२ वर्षीया शान्ति चौधरीले आफ्नो पहिलो सन्तानको रुपमा यस्तो शिशुको जन्म दिएकी हुन् ।
सोमबार राति ११ बजेतिर चौधरीलाई व्यथा लागेर अस्पताल ल्याएको भएपनि मंगलबार बिहान ६ बजे मात्रै ६ महिनाको गर्भमा रहेको शिशुको जन्म भएको बताए । शिशुको अवस्था नाजुक रहेको बताउँदै डा. खनालले आमाको अवस्था भने सामान्य रहेको बताए ।