“मैना रानी”को म्युजिक भिडियो ट्रेण्डिङ्गको उकालोमा
सेक्युरिटीवाली हेमा राई र सुनिल छिदालको स्वर तथा अभिनय रहेको बहु प्रतिक्षित गीत म्युजिक भिडियो
ईन्द्र जिजीबिषा / काठमाडौ – पछिल्लो समयका भाईरल जोडी सेक्युरिटीवाली हेमा राई र सुनिल छिदालको स्वर तथा अभिनय रहेको बहु प्रतिक्षित गीत “मैना रानी”को म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै लोकप्रिय भएको छ । यो समाचार तयार पार्दा सम्म सामाजिक संजाल युट्युबको ट्रेण्डिङ्ग नं ३७ मा रहेको यो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छोटो समयमा नै धेरैको मन जित्न सफल भएको छ ।
पूर्वेली लोकलयमा तयार भएको यो गीतको शब्द रचना डेनी लिम्बु (देबेन्द्र बिक्रम सम्बाहाम्फे”ले गरेका हुन् भने यो गीतको संगीत चर्चित गायक तथा संगीतकार जिबिहाङ्ग राईले गरेका हुन् । रिकेश गुरुङले एरेन्ज गरेको यो गीत ” मैना रानी” को मास्टरिङ्ग र मिक्सिङ्ग भने अशोक महर्जनले गरेका हुन् ।
बहु-चर्चित सेक्युरिटीवाली हेमा राईको कथा संग मिल्दोजुल्दो कथामा तयार पारिएको म्युजिक भिडियोमा सेक्युरिटीवाली हेमा राई र सुनिल छिदालकै अभिनय रहेको म्युजिक भिडियोले जो सुकैको पनि सजिलै मन छुन सक्ने छ । मनोज राईको छायांकन र सम्पादन रहेको “मैना रानी”को म्युजिक भिडियोलाई गायक तथा संगीतकार जिबिहाङ्ग राईले नै निर्देशन पनि गरेका छन् । मैना रानीको कोरियोग्राफ भने मोडेल अस्मिता राईले गरेकी हुन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला
यो पनि हेर्नुहोला