राष्ट्रिय भावनाले ओतप्रोत ” मेरो देश नेपाल” बोलको म्युजिक भिडियो सार्वजानिक

0 1,166

विचारी चाम्लिङ्ग / काठमाडौ – ” मेरो देश नेपाल” बोलको म्युजिक भिडियो हालै सार्वजानिक भएको छ । राष्ट्रिय भावनाले ओतप्रोत “बिहानी पख झुल्किदा घाम सुनौलो किरन, आमाले भन्थिन् देशको लागि अमर भई मरण ” जस्ता शब्दले भरिएको गीतको शब्द रचना नारायण प्रसाद राईले गरेका हुन् । यो गीतमा गायक सुमन राई, महेन्द्र राई, रविन गहतराज, सुमन मगर, बबिना किराती, दिपा तामाङ्ग, एन्जिला रेग्मी र सोनी राईले स्वर दिएका छन् ।

सार्वजनिक यो गीतलाई संगीतकार सुमन राईले म्युजिक कम्पोज गरेका हुन् । संगीतकार सुमन राई चलचित्र “मट्टिमाला”को “बेची दिन्थे यो जवानी, किन्ने कोहि भईदिए” बोलको गीतबाट चर्चाको शिखरमा रहेका छन् ।

यो गीतको एरेन्ज सन्दिप बान्तावाले गरेका हुन् भने यो गीतको म्युजिक भिडियोमा मुख्य अभिनय अनिल कुमार महर्जनको रहेको छ । म्युजिक भिडियो सम्पादन / निर्देशन पनि अनिल कुमार महर्जनले नै गरेका हुन् । यो म्युजिक भिडियोको छायांकन भने राहुल राईले गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...