गुलरिया,दाङ र आसपासको नदी तटिय क्षेत्रमा डुवानको खत्रा,सरकारले समाधान नगरे जनता आफैले गर्ने

नेकपा (क्रान्तिकारी माओवादी) को विज्ञप्ति सहित

0 902
फाईल तस्बिर, सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट संकलन

काठमाडौ – लगातार बर्षा भएपछी प्रदेश नं ५ अन्तरगतका बर्दिया, बाँके,दाङ लगायतका जिल्लाहरुमा डुबानको खत्रा देखिएको छ । नेपाली जमिनमा डुबान हुनेगरी बाँधिएका गैंर न्यायिक सम्पूर्ण बाँधहरू (लक्ष्मणपुर बाँध सहित) को कारण डुबान हुने खत्रा भएपछी नेकपा (क्रान्तिकारी माओवादी) ले एक विज्ञप्ति जारि गर्दै उक्त स्थानहरुमा वसोवास गर्दै आएका आम जनताहरुलाई सजग रहन आग्रह गरेको गर्दै,यस्ता नेपाली भूमिमा प्रत्यक्ष असर पुर्याउने बाँधहरुको समस्या समाधान गर्न सरकार समक्ष आग्रह गरेको छ । सरकारले यसको समाधान नगरे जनताहरु आफैले यसको समाधान खोज्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

                                                                                                                                                      मिति: २०७५/३/१८

नेकपा (क्रान्तिकारी माओवादी) बर्दिया

आज मध्य रातदेखि देशका अधिकांश क्षेत्रका साथै प्रदेश नम्बर पाँच अन्तर्गतका बर्दिया, बाँके, दाङ लगायतका क्षेत्रमा निरन्तर बर्षा भैरहेको छ । खासगरी बबई जलाधारका गुलरिया,दाङ र आसपासमा भैरहेको भारी बर्षाले नदी तटिय क्षेत्रमा डुवानको खतरा हुनसक्छ, हामी विशेषगरी ति क्षेत्रमा उच्च सतर्कता साथ रहन सबैलाई अनुरोध गर्दछौ ।

बर्षौदेखि जनताहरूले बर्षातमा भोग्दै आएको डुबानको भयलाई राज्यले टुलुटुलु हेरेर बस्ने कामको हामी निन्दा गर्दछौं, नेपाली जमिनमा डुबान हुनेगरी  बाँधिएका गैंर न्यायिक सम्पूर्ण बाँधहरू (लक्ष्मणपुर बाँध सहित) भत्काउन राज्यले पहल गरोस्, अन्यथा जनताले आफु बाँच्न र सुरक्षित रहनको लागि भारतीय रवैया तोड्दै, नेपालमा देखिएको दलाल ब्यवस्थासँग लड्दै, आफैले त्यस्ता बाँधहरू भत्काउने हिम्मत गर्ने छन्, हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) बर्दिया राज्यका सबै जिम्मेवार निकायलाई यस विषयमा गम्भिर हुन आग्रह गर्दछ, सचेत गराउँदछ ।

साथै जनताको हरेक खालका न्यायीक संघर्षहरूमा हाम्रो पार्टीको पूर्ण समर्थन रहने छ । हामी जनविरोधी, राष्ट्रघाती सबै प्रकारका सन्धी, सम्झौताको पूर्णतया खारेजीको पक्षमा छौं । आफ्नो देखको जनतालाई बिचल्लिमा पारेर छिमेकीको गुलामी हामीलाई मन्जुर छैन, हामी राष्ट्रघाती दलालहरूलाई खबदार भन्न चाहन्छौं ।

                      सेक्रेटरी

     नेकपा (क्रान्तिकारी माओवादी)

            जिल्ला समिति, बर्दिया

(सम्बन्धीत फाईल तस्बिरहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट संकलन गरिएका हुन्।)

Loading...