प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण

काठमाडौं / साहित्यकार प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौं अनामनगरस्थित मण्डला नाटकघरमा एक कार्यक्रमको बीच ‘प्राञ्जल’ लोकार्पण भएको हो । मूलबाटो प्रतिष्ठान नेपालद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार प्रगति राई, साहित्यकार स्वप्निल स्मृति, युवा विश्लेषक प्रभात राई लगायतले उपन्यास ‘प्राञ्जल’ को बारेमा बोलेका थिए । Photo By - Indra Jijibisha

‘मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शन विभाग र मानववादी सङ्घ (सोच) नेपालद्वारा संयुक्त रूपमा प्रज्ञा भवनमा ‘विश्वमा मानवतावादी दर्शनको विकास र विस्तारमा गौतम बुद्ध र जयपृथ्वीबहादुर सिंहको योगदान’ विषयक दर्शन–विचार गोष्ठीको आयोजना गरियो । कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठान हरेक क्षेत्रमा खोज–अनुसन्धानमा लागेको उल्लेख गर्नुहुँदै हाम्रो दर्शन, इतिहास, सिर्जना र धर्मको सामथ्र्यले विश्वमा पारेको प्रभावबारे सघन छलफल गरिनु पर्छ भनेर यसप्रकारको कार्यक्रम आयोजना गरिएको…

स्रष्टा पोखरेलबारे ग्रन्थ

७ असार २०७६, काठमाडौँ । कवि, निबन्धकार तथा समाजसेवी मुकुन्द पोखरेलको जीवनीमा आधारित ग्रन्थ ‘स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व’ प्रकाशित भएको छ । सिर्जना अभियान, भक्तपुरले प्रकाशित गरेको ग्रन्थलाई कथाकार धु्रव मधिकर्मीले सम्पादन गर्नुभएको हो । ग्रन्थमा साहित्यकारहरू प्रा.डा. जयराज आचार्य, डा. कृष्णप्रसाद दाहाल, डा. रामदयाल राकेश, धीरकुमार श्रेष्ठ, दामोदर पुडासैनी, अभय श्रेष्ठ लगायत दुई दर्जन भन्दा बढी लेखकहरूद्वारा स्रष्टा पोखरेलका बारेमा लेखिएका व्यक्तित्व, कृतिपरक समालोचना, समीक्षा,…

जीवन अभिनित ‘नरमाइलो लाग्छ होला आज तिम्रो मनमा’ (भिडियोसहित)

काठमाडौँ । युवा अभिनेता तथा लेखक जीवन थापा ‘क्षिजित’ अभिनित नयाँ म्युजिक भिडियो ‘नरमाइलो लाग्छ होला आज तिम्रो मनमा’ सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको उक्त भिडियो विन्दावासिनी म्युजिक प्रा.लि.को ब्यानरमा युट्युबमार्फत सार्वजनिक भएको हो । उक्त भिडियोमा अभिनेता थापाका साथमा एलिना श्रेष्ठ र दीपेन्द्र कार्कीले अभिनय गरेका छन् । नव मोडल एलिनाको यो दोस्रो भिडियो हो भने दीपेन्द्रको पहिलो । गीतकार रमेश कोइरालाको शब्द तथा सङ्गीतकार रत्नबहादुरको सङ्गीत रहेको भिडियो युवा निर्देशक गणेश उपाध्यायले निर्देशन गरेका…

वेल डान्स सेन्टरको आन्तरिक प्रतिस्पर्धा सम्पन्न

काठमाडौ - चर्चित मोडल मेघना मगरले संचालन गर्दै आएको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउन सिनियर र जुनियर टिमको डान्स प्रतिस्पर्धा सम्पन्न गरेको छ । दरवार मार्गस्थित एक होटेलमा गत शनिवार विद्यार्थीहरु बीच आन्तरिक प्रतिस्पर्धा गराएर सम्पन्न भएको हो । ललितपुरको सातदोबाटोमा विगत ५ बर्ष अगाडिदेखि निरन्तर संचालनमा रहेको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउनको लागि हरेक बर्ष आन्तरीक प्रतिस्पर्धा गराउदै आएको छ । उत्कृष्ट डान्स सिकाएर निक्कै नै प्रतिभावान कलाकारहरु जन्माउदै आएको वेल डान्स सेन्टरले बर्षमा एक पटक…

याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न

ललितपुर, ३२ जेठ । याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न भएको छ । ललितपुरस्थित चुम्लुङहिममा आयोजित याक्थुङ (लिम्बू) लेखकहरूको भेलाले बिष्णु नेम्बाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सीता तुम्खेवा, सचिव कबिन्द्र सम्बाहाम्फे, सहसचिव याक्थुङ्बा सुनिल आङ्बो र कोषाध्यक्ष शनि लिम्बू चयन भएका छन् । सदस्यहरूमा उत्तम लिम्बू, पुजन जबेगु, संगीता सुहाङ, कुबेर आङ्बो, इक्सा चेम्जोङ, रञ्जुला तेयुङ रहेका छन् । कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नामले लिम्बूहरूले मुलधारको कुरा…

मेलिना राई र समीर लिम्बुको स्वरमा “आँखा अघि राखे तिमीलाई” म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - मेलिना राई र समीर लिम्बुको स्वरमा "आँखा अघि राखे तिमीलाई" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक समीर लिम्बूको जन्म दिनको अवसर पारेर म्युजिक भिडियो रिलीज गरिएको हो। गीतमा सदोक मल्लको शब्द रचनामा कमल रसाईलीले संगीत भरेका छन भने आमोस तामाङले संगीत संयोजन गरेका हुन। कोरियाको विभिन्न रमणिय ठाउँहरूमा खिचिएको उक्त भिडियोमा म्युजिक भिडियोमा दिनेश नाछिरीङ राई र एलिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई कोरियामा रहेर निर्देशन गर्दै आएका चर्चित निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन। पेंजी योङ्गले…

युवा संगीतकार आशकुमार राईको ‘नाम बदलिन्छ’ गीत सार्वजनिक (भिडियो सहित)

सरिता खडका / काठमाडौ - 'नाम बदलिन्छ' बोलको मिठो गीत बजारमा आएको छ । पुर्बेली जुनताराको अफिसियल युबट्युबबाट च्यानलबाट सार्वजनिक गरीएको हो । 'नाम बदलिन्छ यहाँ' गीतमा स्वर बानिका प्रधान, शब्द राम रेप्चोङ राई र संगीत युबा संगीतकार आश कुमार राईले गरेको हुन । त्यसैगरी यस गीतमा एरेन्जर लाहाङ सुब्बा, रेकर्डिष्ट राजेश श्रेष्ठ र मिक्सिङ किशोर थापाको रहेको छ भने यस गीतलाई 'अनुबाद' एल्बममा समाबेश गरिएको छ । यस गीतको भिडियो परिकल्पना प्रीयजन राई, छायाङ्कन समिर राई र भिडियो सम्पादन मनिष कार्किले गरेका हुन । सांगीतिक क्षेत्रमा सफलताको…

भुपाल राई, कुवेर राई र मेलिना राई सम्मानित

काठमाडौं - वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईलाई यलम्बर सांस्कृतिक सम्मान प्रदान गरिएको छ । किराती नव सांस्कृतिक केन्द्रको आयोजनामा सम्पन कार्यक्रममा भुपाल राईलाई नगद २ लाख १० हजार रुपैयाँ र ताम्र पत्रले सम्मान गरिएको हो । बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट कवि राईलाई उक्त सम्मान प्रदान गरिएको हो । यसैगरी वरिष्ठ गायक कुवेर राईलाई किराती नवसांस्कृति सम्मान प्रदान गरिएको छ । गायक राईलाई नगद ३० हजार रुपैयाँ र ताम्र पत्र सहित…

ईन्द्र जिजीबिषाको निर्देशनमा शान्तिराज राईको डेब्यु म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - शान्तिराज राईको डेब्यु म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार ममता राई "यात्री"को शब्द रचना र राजेन्द्र राईको स्वरमा रहेको "बाटो त तिमीले फेरेउ" बोलको म्युजिक भिडियो बाट शान्तिराज राईले म्युजिक क्षेत्रमा डेब्यु गरेका हुन् । वियोगान्त कथामा आधारित म्युजिक भिडियोमा शान्तिराज राईलाई सिता राईले साथ् दिएकी छन् भने सुहाङ्ग लिम्बु र टिक टक बाट चर्चामा आएकी बाल कलाकार नुमा राईको पनि बेजोड अभिनय रहेको छ । म्युजिक भिडियोमा तारा देवी इन्टर नेसनल युनिसेक्स ब्युटी सलुनकी संचालिका ब्युटिसियन नाजु निनोहोङ्गछा राईको शृंगार…