राम जी खांड र सलिना नेपाली गोरखपुर रेलमा
काठमाडौ - हिन्दु नारीहरुको महान चाड तिज नजिकिदै जाँदा मोडल तथा गायिका सलिना नेपाली अभिनित "गोरखपुर रेल" बोलको तीज गीत बजारमा आएको छ । लोक भाकाहरुमा निकै जम्दै आएकी सलिनाले यो भन्दा अगाडि पनि थुप्रै गीतहरु बजारमा ल्याई सकेकी छन् । हालै सार्वजनिक भएको "गोरखपुर रेल" बोलको तीज गीतमा गायिका मन्जु भट्टराई र बशन्त लम्सालको स्वर रहेको छ भने सुर्य पुर्वाछाने मगर, विश्वास नेपाल र साथीहरुले साथ दिएका छन् ।
गीत गायन तथा शब्द रचना गर्दै आएकी बसन्त लम्सालको यो भन्दा अगाडि "घाउँ बल्झाउन" बोलको गीत निक्कै स्रोता दर्शकहरुले निक्कै मन पराएका…