आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष शेर्पा सम्मानित

0 509

साउन ३१ लण्डन / बेलायतमा हालसालै सम्पन्न एनआरएन निर्वाचन बेलायतको निर्वाचित समावेसी समुहको सपथ ग्रहणको कार्यक्रममा बेलायत आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पालाई त्यहा उपस्थित विभिन्न संघ सस्थाका अध्यक्ष , पदाधिकारी र सामाजिक अभियन्ताहरुले सम्मान गरेका छन् ।

नेपालका लागि बेलायतका राजदुत लोकदर्शन रेग्मी प्रमुख अतिथिका रुपमा रहेको उक्त कार्यक्रममा एनआरएन युके निर्वाचन समितिका आयुक्त महेन्द्र कंडेलको उपस्थितिमा सम्पन्न भएको थियो । शेर्पा र आदिवासी जनजाति महासंघ युकेले खेलेको सकारात्मक कदमको खुलेर प्रसंशा गर्दै अध्यक्ष शेर्पालाई सम्मान गरेका हुन् ।

नेपाली समाजको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सबै व्याक्ती, संस्थाहरुले अगामी दिनमा पनि उत्तिकै सहयोगको अपेक्षा रहेको संस्थाका महासचिव खुसी लिम्बुले बताए ।

 

Loading...