गायिका मनिता राई र सुनिल दिप्त राईको जोडीलाई क्यामेरामा कैद गर्दा
काठमाडौ – खोटाङ्गमा जन्मिएर नेपाली गीत-संगीतको दुनियाँको आकाशमा रमाई रहेकी गायिका मनिता राई चाम्लिङ्ग र सोलु खुम्बुमा जन्मिएर दक्षिण कोरियामा कार्यरत गीतकार सुनिल दिप्त राईको लगन गाँठो कसिएको धेरै बर्ष भई सक्यो । जसरी जीवनमा एक-अर्काको परिपुरक भएर आए यी दुई, त्यसरी नै करियरमा पनि एक अर्काको परिपुरक नै भएर रहेका छन् ।
“सिरुपाते खुकुरीको” बोल रहेको गीत गाएर चर्चामा आएकी गायिका मनिता राई सुन्दर अनि सालिन पनि छिन् । “नजर के जुधेको थियो” उनको पहिलो रेकर्डेड गजल थियो । गायिका मनिता राई चाम्लिङ्ग हाल सोलो एल्बमको तयारीमा रहेकी छन् ।
गायिका मनिता राई चाम्लिङ्ग पहिला शिक्षिका थिईन् । कारण बस शिक्षिकाको पेशा छाडेर यो क्षेत्रमा आएकी मनिता आफ्नो मेहनत, परिवारको सपोर्टले नै आज यो स्थानमा आई पुगेकी बताउछिन् ।
सरल जीवन यापन गर्न रुचाउने मनिता राईलाई साधरण खाना नै उत्तम लाग्छ । गीत-संगीतमै भविष्य खोजि रहेकी उनलाई गीत-संगीतको अलावा नयाँ ठाउँ घुम्न्ने पनि उनको चाहना हो । आफूलाई फिट हुने हल्का पोषाक नै मन पराउने मनिता आफ्नो समुदायको संस्कार संस्कृति प्रति निक्कै रुचि पनि राख्छिन् ।
सुनिल दिप्त राई एक कुशल गीतकार हुन् । उनले थुप्रै गीतहरुको शब्द रचना गरि सकेका छन् । प्रवासी भूमि दक्षिण कोरियामा रहेर पनि नेपाली गीत-संगीतको क्षेत्रमा उनको ठुलो योगदान रहदै आएको छ । उनि गीतकार संघ नेपालका सदस्य पनि हुन् ।