छोरी हुँ म किरातीको – ममता राई “यात्री”

0 1,011
ममता राई “यात्री”

छोरी हुँ म किरातीको

छोरी हुँ किरातीको
लाउछु शिरफुल सिरमा
इज़्ज़त राख्छु किराती कै
दिन्न मैले गिर्ना ॥

चिनाउनेछु देशको नाम
फिजाउने छु संस्कार ॥

छोरी हुँ म किरातीको
बोल्छु भाषा आफ्नै
शिर उठाउछु पुर्खाहरुको ,
सबको गर्छु भलाई ॥

पुजा गर्छु पितृहरुको
रक्षा संस्कृतीको ॥

छोरी हुँ म किरातीको
लाउछु ढुंग्री मुन्द्री
सिकाउछु रितीरिवाज
फिजाउछु ध्वनि॥

छोरी हुँ म किरातीको
हिमायती किराती कै

लेख्छु गित इतिहासको
किराती कै योगदानको ॥॥

ममता राई “यात्री”

Loading...