सपना पुरा हुन् या नहुन् तर सपना ठुलो देख्नु पर्छ – ईशा

0 1,190

काठमाडौ – “मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन ” यो वाक्य लक्ष्मी प्रसाद देवकोटाको “मुनामदन” लेखेका हुन् । यहि वाक्यलाई सामाजिक संजाल फेसबुकमा इशा परियारले आफ्नो वालमा बायोमा लेखेकी छन् । यसको अर्थ हो इसालाइ जातीय समाजको रित मन पर्दैन । मानिसले मानिसलाई भेदभाव गर्ने कुरा मन पर्दैन । समग्रमा जात प्रथा मन पर्दैन ।

अहिले उनी कलाकारितामा भविष्यमा खोज्दैछिन् । म्युजिक भिडियोहरुमा अभिनय गर्दैछिन् । दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेकी ईशा आफूलाई डान्सरको रूपमा चिनाउछिन् । आफूले डान्समा राम्रो गर्न सक्ने उनको आत्म विश्वास पनि छ ।

उनलाई जात धर्म भेदभाव र थिचोमिचोबाट माथी उठेर देश चिनाउने कलाकार बन्नु छ । ईशा भन्छिन्, सपना पुरा हुन् या नहुन् तर सपना ठुलो देख्नु पर्छ । उदेश्य के लिनु उडी छुनु चन्द्र एक ।

सुनसरी घर भएकी कलाकार इशा परियारलाई वल्ड नेपाली म्युजिक अवार्डको टप थ्रीमा पुर्याउन अनलाईनहरुमा भोटिङ पनि भैरहेको छ ।

Loading...